Friday 20th of November | २०८३ मङ्सिर ४ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

निर्वाचन तयारीबारे प्रमुख दलका शीर्ष नेतासँग परामर्श

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ४ शुक्रबार |
newsabhiyan

काठमाडौँ, ४ मङ्सिरः निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचन र प्रतिनिधिसभा निर्वाचनको तयारीका विषयमा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग  परामर्श गरेको छ ।

शीर्ष नेताहरूसँग  निर्वाचनको मिति, निर्वाचन प्रणाली तथा दुवै तहका निर्वाचन एकैपटक वा छुट्टाछुट्टै गर्ने भन्ने विषयमा परामर्श भइरहेको छ ।

छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, श्रम संस्कृति पार्टीका महामन्त्री आरेन राई तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि सहभागी हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan