Saturday 21st of November | २०८३ मङ्सिर ५ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

घातक स्वायत्त हतियार नियमन गर्न देशहरू सहमत

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ५ शनिबार | रासस/एएफपी

घातक स्वायत्त हतियार अर्थात् ‘किलर रोबोट’ को प्रयोग नियमन गर्न अन्तर्राष्ट्रिय सम्झौताको प्रक्रिया अघि बढाउन संयुक्त राष्ट्रसङ्घका १२८ सदस्य राष्ट्र सहमत भएका छन् ।

    जेनेभामा पाँच दिनसम्म चलेको वार्तापछि आगामी दुई वर्षभित्र यससम्बन्धी अन्तर्राष्ट्रिय कानूनी व्यवस्था तयार गर्ने प्रक्रिया अघि बढाउने सहमति भएको हो ।

    तर, स्वायत्त हतियारविरुद्ध अभियान चलाइरहेका संस्थाहरूले सहमतिलाई अपर्याप्त भन्दै कानूनी रूपमा बाध्यकारी नियम आवश्यक रहेको बताएका छन् । उनीहरूका अनुसार कृत्रिम बौद्धिकता (एआई) बाट सञ्चालित हतियारले मानव जीवन र मृत्युसम्बन्धी निर्णय आफैँ गर्न सक्ने जोखिम छ ।

    संयुक्त राष्ट्रसङ्घीय परम्परागत हतियारसम्बन्धी महासन्धि (सिसिडब्लु) को समीक्षा सम्मेलनका अध्यक्ष जुलियन थोनीले अन्तर्राष्ट्रिय मानवीय कानूनअनुसार कुन स्वायत्त हतियार प्रतिबन्धित गर्ने र कुन नियमन गरेर प्रयोग गर्न दिने भन्ने विषयमा आगामी वार्ता केन्द्रित हुने बताउनुभयो ।

    अमेरिका र रुसलगायत सैन्य प्रविधिमा अग्रणी देशहरू कडा प्रतिबन्धको पक्षमा नरहेकाले यस विषयमा सहमति जुटाउन कठिन हुँदै आएको छ ।

    ‘स्टप किलर रोबोट्स’ अभियानकी कार्यकारी निर्देशक निकोल भ्यान रुइजेन र ह्युमन राइट्स वाचकी भेरिटी कोयलले सहमतिलाई निराशाजनक बताउँदै कानूनी व्यवस्था निर्माणमा ढिलाइ हुँदा सर्वसाधारण जोखिममा पर्न सक्ने चेतावनी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan