Monday 23rd of November | २०८३ मङ्सिर ७ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपाल र भारतका प्रधानमन्त्रीद्वारा झापाको चारआलीमा पेट्रोलियम भण्डारण केन्द्रको शिलान्यास

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ७ सोमबार | (रासस)

काठमाडौँ, ७ मङ्सिर : प्रधानमन्त्री वालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा झापाको चारआलीमा निर्माणाधीन पेट्रोलियम पदार्थको भण्डारण केन्द्रको शिलान्यास गर्नुभएको छ । 
    
    दुवै देशका प्रधानमन्त्रीले सोमबार दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमार्फत झापाको चारआलीमा निर्माणाधीन पेट्रोलियम पदार्थको भण्डारण केन्द्रको शिलान्यास गर्नुभएको हो । 

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सिलिगुडी–चारआली पेट्रोलियम पाइपलाइन र भण्डारण केन्द्रको शिलान्यासले दुवै देशबीचको आपूर्ति साझेदारी थप सुदृढ बनाउने बताउनुभयो । नेपाल आयल निगमका प्रबन्ध निर्देशक नागेन्द्र साहले दुवै मुलुकका प्रधानमन्त्रीले आज झापाको चारआलीमा निर्माणाधीन पेट्रोलियम पदार्थको भण्डारणको शिलान्यासले नेपालको पूर्वी क्षेत्रमा पेट्रोलियम पदार्थको आयातमा सहज हुने बताउनुभयो । 

    सोही परियोजनाअन्तर्गत भारतको सिलिगुडीदेखि झापासम्म ५० किलोमिटर पेट्रोलियम पदार्थको पाइपलाइन निर्माण गर्ने योजना रहेको छ । भारत सरकारले पेट्रोलियम पाइपलाइन र भण्डारकेन्द्र दुवै अनुदानमा निर्माण गरिदिन लागेको हो । “अहिले पूर्वीनेपालमा ट्याङ्करमार्फत पेट्रोलियम पदार्थ ल्याउने काम भइरहेको छ,” प्रबन्ध निर्देशक शाहले भन्नुभयो, “यो परियोजना सम्पन्न भएसँगै पाइपलाइनबाट पेट्रोलियम पदार्थ सहजै ल्याउन सकिनेछ ।” 

    भारत सरकारको अनुदानमा नै पाइपलाइन र भण्डारकेन्द्र निर्माण हुन गइरहेको प्रबन्ध निर्देशक साहले बताउनुभयो । “अहिले झापामा पेट्रोलियम पदार्थको भण्डारण केन्द्रको टर्मिनलको शिलान्यास भएको हो । पाइपलाइन निर्माणको लागि पनि आवश्यक साइट क्लिरेन्स लगायतका काम भइरहेका छन्”, उहाँले भन्नुभयो ।

    प्रबन्ध निर्देशक साहका अनुसार पेट्रोलियम भण्डारण केन्द्रको लागत करिव छ अर्ब र पेट्रोलियम पाइलाइनको  निर्माणका लागि करिब रु पाँच अर्ब लाग्ने बताउनुभयो । झापामा निर्माणाधीन उक्त भण्डारण गृहको कूल क्षमता १८ हजार ९०० किलोलिटर रहेको छ । यहाँ डिजेल, पेट्रोल र मट्टीतेल लगायतको पेट्रोलियम पदार्थ भण्डारण गर्न सकिन्छ । दुवै मुलुकका प्रधानमन्त्रीले आजै मोतिहारी–अमलेखगञ्ज पाइपलाइपको दोस्रो चरणको परियोजनाको उद्घाटन गर्नुभयो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan