Tuesday 24th of November | २०८३ मङ्सिर ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मुख्यमन्त्री कार्की र स्विस राजदूतबीच भेटघाट

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ८ मंगलबार |

विराटनगर, ८ मङ्सिरः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपालका लागि स्विट्जरल्याण्डका राजदूत डा ड्यानियल म्युवलीबीच आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विराटनगरमा भेटघाट भएको छ । सो अवसरमा दुईपक्षीय हित, आपसी सहयोग र सहकार्यका विषयमा छलफल भएको थियो ।

सो अवसरमा मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा पदमार्ग निर्माण, व्यवस्थापन र शासकीय सुधारका क्षेत्रमा स्विट्जरल्याण्ड सरकारको तर्फबाट प्राप्त सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि यसले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो ।  

कोशी प्रदेशको आर्थिक समृद्धिका क्षेत्रमा सञ्चालित परियोजनाहरूलाई छिटोछरितो र प्रभावकारी ढङ्गले अघि बढाउन प्रदेश सरकार क्रियाशील रहेको जानकारी दिँदै  मुख्यमन्त्री कार्कीले  विशिष्ट भूबनावट र भौगोलिक संरचनाका कारण जोखिम क्षेत्रका रुपमा चिनिने नेपालको विपद् व्यवस्थापनसहित जनधनको क्षतिको न्यूनीकरण तथा नियन्त्रणका पक्षमा सहयोग गर्न अनुरोध गर्नुभयो ।

यसैगरी, राजदूत डा म्युवलीले विकास र समृद्धिका क्षेत्रमा कोशी प्रदेश सरकारबाट भएका कामको प्रशंसा गर्दै स्विट्जरल्याण्ड सरकारको सहयोगमा सञ्चालित परियोजनाहरूको प्रगति समीक्षासहित कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।  

भेटमा स्विस सरकार विकास सहयोगका प्रमुख म्याथियास मायर, कोशी प्रदेशका प्रमुख सचिव नारायणप्रसाद भट्ट, प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौला, मुख्य न्यायाधिवक्ता नारायण वस्ती र आर्थिक सल्लाहकार मोहन सुवेदीको उपस्थिति रहेको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan