मेरो साथ छोडी तिमीले..’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक
काठमाडौं : चर्चित गायक प्रमोद खरेलको ‘मेरो साथ छोडी तिमीले..’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सन्तोष केसीको संगीत समेटिएको गीतको गायक खरेलले ल्याएका हुन् ।
प्रकाश धितालको ‘दिपशिखा’ एल्बममा रहेको गीत ‘मेरो साथ छोडी तिमीले..’ मा ठूलो मिहिनत गरेर को भिडियो सार्वजनिक भएको छ।
खरेलको सुमधुर स्वरमा समेटिएको गीमा माया गर्ने जोडीको प्रेम कथा समेटिएको छ । गीतका शब्द सुदिप सापकोटाका हुन् । सुदिपका शब्दलाई सन्तोष केसीको सुमधुर संगीतले अझ मर्मस्पर्शी बनाएको छ
गीतका शब्दमा उल्लेख भए अनुसार प्रेममा कसरी घात हुन्छ भन्ने कुरालाई भिडियोमा उर्तानमा निर्देशक कपिल लामाले ठूलो मिहिनत गरेको देखिन्छ । म्युजिक भिडियोको छायांकन सुरेश श्रेष्ठले गरेका हुन् । भिडियोमा चर्चित मोडल विक्रम बुढाथोकी र नायिका वर्षा शिवाकोटीको अभिनय रहेको छ । भिडियोको बजार व्यवस्थापन एसएस डिजिटलले गरेको छ ।
