Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चर्चित लोक गायक पशुपति शर्माको राष्ट्रवादप्रति व्यंग्य झटारो - हामी नेपाली होइनौं स्वाभिमानी

न्यूजअभियान | प्रकाशित मिति : २०७२ मङ्सिर ५ शनिबार | २७४९ पटक हेरिएको

काठमाडौं ।  भारतले नेपालमा नाकाबन्दी लगाएसँगै सम्पूर्ण तह र तप्कामा 'राष्ट्रवाद' ब्युँझेको अवस्थामा चर्चित लोक गायक पशुपति शर्माले नेपाली स्वाभिमानप्रति कडा व्यंग्य कसेका छन्। शर्माले नेपालीको परनिर्भरमुखी नेपाली व्यवहारलाई गीतमार्फत् प्रस्ट्याएका हुन्।

आफ्ना गामका खेतीबारी सबै बाँझो राख्ने,
आलु प्याजा चाहिए पनि भारतको मुख ताक्ने
मागेर खाने... हामी मागेर खाने

मागेर खाने पनि केको स्वाभिमानी
हामी नेपाली होइनौं स्वाभिमानी।

साधारण र नेपाली वास्तविक व्यवहारप्रति कठोर प्रहार गर्दै उनले नेपालीको स्वाभिमानप्रति प्रश्न उठाएका हुन्। मौलिक नेपाली लोक गीत भाकामा रेकर्ड गरिएको गीतको शब्द शर्मा स्वयंले लेखेका हुन्। नेपाल सरकारको चाबी विदेशीसँग भएको उल्लेख गर्दै उनी भन्छन्:

आफ्नै दाइलाई आफ्नै भाइलाई मार्न अघि सर्ने
छिमेकीसँग नुनखाएको कुखुरो झै गर्ने के को स्वाभिमानी?
हामी नेपाली होइनौं स्वाभिमानी

हाम्रो देशको सरकार मात्रै अर्को देशमा चाबी
भारतले नाका थुन्दा चाइनातिर जाने
आफ्नो देशमा केही नखोज्ने के को स्वाभिमानी
हामी नेपाली होइनौं स्वाभिमानी

शर्माको शब्द तथा लयलाई राजन कार्की र घनश्याम रिजालले साथ दिएका छन्। गीत आचार्य डिजिटल स्टुडियो पोखरामा रेकर्ड गरिएको हो।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan