अाेलीका 'मितज्यू' धुर्मुसले यसरी उडाए अाेलीलाई : भिडियाेसहित
न्यूजअभियान | प्रकाशित मिति : २०७२ पौष २७ सोमबार | २२३८ पटक हेरिएको
मन्त्रालय फुटाएका कारण अालाेचना खेपेका प्रधानमन्त्री अाेली हास्यकलाकार धुर्मुसलाई 'मितज्यू' भन्छन् । हालै कृषि मन्त्रालयबाट फुटाएर पशु मन्त्रालय बनाएका अाेलीलाई उनै मितज्यू धुर्मुसले व्यंग्य हानेका छन् । गृहजिल्ला एउटै भएका धुर्मसले अाेलीकाे हालैकाे भाषण हावाबाट बत्तिदेखि पाइपमा ग्याससम्मका कुरालाई लिएर व्यंग्यात्मक भिडियाे 'नरपशु मन्त्रालय' बनाएका छन् ।
