Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

18 Estd Day Celebratig of Hamro Namuna SACCOS

न्यूजअभियान | प्रकाशित मिति : २०७२ फाल्गुण १६ आइतबार | ८५०९ पटक हेरिएको

२०५५ साल फागुन १३ गते डिभिजन सहकारी कार्यालयमा विधिवत दर्ता भई ललितपुर जिल्लाभर कार्यक्षेत्रसहित स्थापना भएको हाम्रो नमुना वचत तथा ऋण सहकारी संस्था लिमिटेड आजका मिति देखि १८ वर्षमा प्रवेश गरेकोमा सम्पूर्ण सदस्य तथा सहकारी परिवारमा हार्दिक बधाई ज्ञापन गर्दर्छौ ।

२९ जना संस्थापक सदस्य रु १४५००० शेयर पूजीँ बाट कारोबार गरेको सहकारी संस्था आज सम्म आईपुग्दा आफ्नो आकार बृद्धि गर्दै काठमाण्डौ, ललितपुर र भक्तपुर कार्यक्षेत्र सहित २६०० सदस्य र ६० करोडको सम्पती तथा दायित्व जुटाउन सफल भएको छ ।

वचत तथा ऋणको मुख्य कारोबार सहित विपन्न वर्गमा लघु उद्यम लागि लघुवित्त कार्यक्रम सञ्चालन, सदस्य हित केन्द्रित कार्यक्रम, समुदाय प्रतिको जिम्मेवारीका लागि सामाजिक सेवाका कार्यक्रमहरुका साथै सहकारी अभियानमा सक्दो सहयोगको मुल्याँकन गर्दै सहकारी दिवस र विभिन्न समारोहमा संस्था पुरस्कृत हुनुको श्रेय सबै सदस्य कर्मचारी तथा स्थापनाकालदेखिका समिति उपसमितिमा रहि योगदान गर्ने पदाधिकारी , अमुल्य सहयोग तथा सुझाव दिने सल्लाहकार तथा संस्था संग सहकार्य गर्नुहूने सहकारी बैंक, सहकारी संस्थाहरु नेफ्स्कुन, छाता तथा विषयगत संघहरुका साथै डिभिजन सहकारी कार्यालय र सहकारी विभागलाई प्रदान गर्दर्छौ ।

हाल सम्मका उपलब्धि हरुलाई संस्थागत गर्दै आगामी दिनमा सदस्यको हितलाई उच्च प्राथमिकता दिर्दै संस्थालाई अझ व्यवस्थित बनाउदै उच्च सफलता तर्फ लग्नेछौ भन्ने प्रतिवद्धता सहित यसका लागि यहाँहरुको निरन्तर सहयोगको अपेक्षा गर्दछौँ ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan