Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पाठेघर तथा स्तनक्यान्सर सम्बन्धी सिबिर सम्पन्न

न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत १० बुधबार | २६३१ पटक हेरिएको

सागर श्रेष्ठ, हरिसिद्धि, ललितपुर । रोग लागि सकेपछि उपचार गर्नु भन्दा रोग कै बाटो छेक्नु जाति भन्ने मुल मन्त्रको साथ हाम्रो नमूना साकोसले आफ्ना सदस्यहरुलाई स्वास्थ्य सम्बन्धी जानकारी दिदै आईरहेको छ ।
हाम्रो नमूना साकोस र नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि को सहकार्य मा आज पाठेघर तथा स्तनक्यान्सर सम्बन्धी सिबिर सम्पन्न भएको छ ।
उक्त सचेतना कार्यक्रममा १०१ जनाले नाम लेखाउनु भएको थियो । ७२ जनाले पाठेघर सम्वन्धी जाँच गरिएको थियो भने १९ जनाले मेमोग्राम टेष्ट गरेको थियो ।
शुरुमा डा. कपेन्द्र शेखर अमात्यले क्यान्सर सम्बन्धी जानकारी दिनु भएको थियो ।
हाम्रो नमूना साकोसका प्रवन्धक सञ्चालक ईन्द्र घिमीरेले मायाँको चिनो दिनुको साथै धन्यबाद ज्ञापन गर्नु भएको थियो ।
कार्यक्रमको व्यवस्थापन हाम्रो नमूना साकोस महिला उपसमितिले गरेको थियो ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan