Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

न्युज २४ को आयोजनामा भएको होली लाईभमा गायिका कोमल ओलि देखि शिब परियार सम्मको धमाका

न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत १२ शुक्रबार | २४५७ पटक हेरिएको

काठमाडौं । बिगतका ५ बर्ष देखि निरन्तर रुपमा न्युज २४नेपाल टेलिभिजनले फागुपुर्णिमाको बिशेष अबसरमा होली लाईभ कार्यक्रम गर्दै आएको छ ।

निरन्तर रुपमै न्युज २४ नेपाल टेलिभिजनले पाटनको कृष्णमन्दिर र नयाँ बानेश्वरमामा उक्त कार्यक्रमको आयोजना गर्दै आएको छ । पाटनको कृष्णमन्दिरमा बिहान १० बजे बाट रङ एक अर्कालाई दलेर कार्यक्रम सुरु भएको थियो ।

पाटनको होलि पर्ब कार्यक्रममा निकै बाक्लो दर्शकहरुको उपस्थिति रहेको थियो । पाटन दरबारमा प्रसिद्धि गायिका ओमल ओलि, किरण केसि, योगेश्वर अमात्य लगाएतका कलाकारहरुले गीत गाएर दर्शकहरुलाई निकै मनोरञ्जन दिए ।

त्यस्तै नयाँ बानेश्वरमा पनि दिउँसो २ बजेबाट कार्यक्रम सुरु भएको थियो । नयाँ बानेश्वरको कार्यक्रममा पनि निकै बाक्लो गायक गायिकाहरुको उपस्थिति जनाएका थिए । नयाँबानेश्वरको होलि कार्यक्रममा मौसमी गुरुङ, ज्योति मगर, यस कुमार, बाबु बोगटि, शिब परियार लगाएतका गायक गायिकाहरुले आ आफ्नो निकै चर्चित गीतहर गाएर दर्शकहरुलाई निकै नचाएका थिए ।

प्रदर्शन भईरहेको फिल्म भाग सानि भागको निर्माता तथा संगीतकार चेतन सापकोटाले पनि आफ्नो फिल्मको बारेमा जानकारी दिदै दर्शकहरलाई निकैनै मनोरञ्जन दिए । रिलीज हुन लागेको फिल्म बाटो मुनिको फुल २ को पनि त्यस्तै रह्यो ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan