59 National Sahakari Day
न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत २५ बिहीबार | २४६७ पटक हेरिएको
आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी भन्ने मुल नाराको साथ ५९ औं राष्ट्रिय सहकारी दिवस नेपाल अधिराज्यभर विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
ललितपुरमा दर्ता भएका सबै सहकारीहरुको सहभागितामा प्रभातफेरी कार्यक्रम भयो ।
लगनखेलबाट बाजागाजा, विभिन्न प्लेकार्ड, आफ्नो संस्थाको ड्रेस लगाएर सुरु भएको प्रभातफेरी लगनखेल, कुमारी पार्टी, जावालाखेल, पुलचोक हुदै मंगलबजारमा गएर आम सभामा परिणत भएको थियो ।
उक्त अबसरमा विविभन्न सहकारीहरुलाई विभिन्न क्याटोगोरीमा सम्मान गरिएको थियो ।
