Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ब्राईट नेपालको सम्मान कार्यक्रम

न्यूजअभियान | प्रकाशित मिति : २०७३ बैशाख ४ शनिबार | ४६४९ पटक हेरिएको

बर्षा अगावै भूकम्पपछिको पुनर्निर्माण सम्पन्न गरी पीडितलाई छानामुनि बस्ने व्यवस्था मिलाउन नागरिक समाजका तर्फबाट सरकारसँग माग गरिएको छ ।
ब्राइट नेपालले आयोजना गरेको पुनर्निर्माणमा नागरिक समाजको भूमिका’ विषयक अन्तक्र्रिया तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक समाजका अगुवाले यस्तो आग्रह गर्नुभएको हो ।
कार्यक्रममा उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले प्राकृतिक प्रकोपका समयमा ग्रामीण भेगले भरिएको देशमा नागरिक समाजको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो ।


पुनर्निर्माणमा आवश्यक पर्ने बजेट जसरी पनि व्यवस्था गर्ने निर्णय

पूननिर्माण सम्बन्धी मन्त्रिपरिषद्बाट भएको निर्णयको जानकारी मन्त्री पाण्डेयले दिनुभयो ।सांसद गीता राणाले वैशाख १२ गतेको भूकम्पपछि सबै कुरामा ध्यान दिन नसकेपनि पहिलो चरणमा नागरिक समाज नै राहत लिएर पुगेको बताउनुभयो ।

एम्नेस्टी इन्टरनेसनल नेपाल शाखाका अध्यक्ष सूर्यबहादुर अधिकारीले भूकम्पपछिको पुनर्निर्माण कछुवाको भन्दा पनि सुस्त गतिमा चलेकाले सरकारले गम्भीर रूपमा लिनुपर्ने बताउनुभयो । कार्यक्रममा विदेशी नागरिक रुडिवर्ड क्लाउड, हास्य कलाकार श्रीकृष्ण सिम्खडा, ब्राइट नेपालका पूर्वअध्यक्ष कैलाशप्रसाद देव, अध्यक्ष पुनम देवलगायतका वक्ताले बर्षा अगावै पुनर्निर्माण गरी पीडितलाई राहत दिन माग गरे ।

भूकम्पपछिको राहत वितरणमा सञ्चारमाध्यमबाट सहयोग गरेको भन्दै राष्ट्रिय अनलाइन पत्रकार संघका अध्यक्ष मुकुन्द ढुङ्गाना ,राष्ट्रिय प्रेस क्लबका रामकृष्ण कर्माचार्य,राष्ट्रिय समाचार समिति ९रासस० का समाचारदाता कृष्णराज गौतम, र कान्तिपुर दैनिककी समाचारदाता लीला श्रेष्ठ र भूकम्प गएको बेला योगदान गर्ने न्यूज अभियान डटकमका सागर श्रेष्ठ लगायत विभिन्न संघ सस्था र व्यक्तिहरुलाई समेत सम्मान गरिएको थियो ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan