Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

Purkhako chithi and Gagan Singh Thapa Writer

न्यूजअभियान | प्रकाशित मिति : २०७३ बैशाख ११ शनिबार | ९२९० पटक हेरिएको

 आख्यानकार गगनसिंह थापाको तेस्रो कृति 'पुर्खाको चिठी' नामक तेस्रो कृति विमोचन गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि रहेका पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुस्तकको विमोचन गरेका थिए । पुस्तकको विमोचन गर्दै प्रमुख अतिथि देउवाले पुस्तकमा लेखकले सुदुरपश्चिमको तत्कालीन राजनीतिक र सामाजिक घटनाक्रमलाई यथार्थ रुपमा उतारेको बताए ।

उनले एकीकरणका नाममा तत्कालीन बहादुर शाहका गोर्खाली सेनाले युद्धकालिन नियम विपरित कर्णालीका जनतालाई कस्तो दु:ख दिएका थिए भन्ने कुरालाई आख्यानकार थापाले पुस्तकमा राम्रोसँग देखाएको बताए ।
सभासद् गगन थापाले पुस्तकका पात्रहरु सजिव हुदा इतिहासमा शासकहरुले जनतामाथि गर्ने गरेका अत्याचार देखेर उनीहरुप्रति घृणा उत्पन्न गराउने बताए । हामीले पढेको इतिहासमा पृथ्वीनारायण शाहका सेनाले कितीपुरेहरुको नाककान काटेका थिए भन्नेसम्मको कुरा पढ्ने गरेकोमा थापाको कृतिमा सुदुरपश्चिमका जनतालाई अत्यन्त पीडा दिएर मान्छेको बलि दिइएको घटनाले ती इतिहास गलत भएको पुष्टि हुने तर्क समेत राखेका थिए । हिजो सुदुरपश्चिमेलीलाई तत्कालीन शाह शासक– राणा शासक हुदै आउँदा अहिले प्रजातन्त्र लोकतन्त्र हुदै गणतन्त्रमा आउँदा पनि कर्णालीका जनता त्यसरी नै हेपिएको परिदृश्य पुस्तकमा पढ्न पाइने बताए । साथै उनले पुस्तक इतिहास तथा राजनीतिशास्त्रका विद्यार्थीका लागि अत्यन्त सान्दर्भिक भएको बताएका थिए ।
प्रा.डा कुमार कोइरालाले पुस्तकको समिक्षा गर्दै सुदुरपश्चिमाञ्चलको निमुखा तथा सिमान्तकृत सुदुरपश्चिमेलीको आवाजलाई समेटेको बताए । आख्यानकारको पुस्तकमा पृथ्वीनारायण शाहले एकीकरणको नाममा सुदुरपश्चिमेलीहरुमाथि गरेको अत्याचारले हिटलरको ग्यास चेम्बरको स्मरण गराउने दृश्य सचित्र भएर आउने बताएका थिए ।
कार्यक्रममा वरिष्ठ गितकार तथा संगितकार ललिजंग रावलले पनि पुस्तकको सम्पादनको तर्फबाट पुस्तकको समिक्षा गरेका थिए । त्यसैगरी शान्ति समाजका अध्यक्ष कृष्ण पहाडीले पनि आफ्ना भनाई राख्दा लेखक थापाको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।
गैरआवासीय नेपाली संघका केन्द्रीय कोषाध्यक्षसमेत रहेका पुस्तकका प्रकाशक तथा आख्यानकारका छोरा हिक्मत थापाले स्वागत मन्तव्य राखेका थिए । विमोचन कार्यक्रम आवरण डट कमको ब्याननरमा सम्पन्न भएको थियो ।
प्रस्तुत विमोचित कृति लेखकले आफ्नी हजुरआमाबाट सुनेका कुराहरुलाई आधार बनाएर बनाएका छन् भने लोकपरम्परामा प्रचलित जनश्रुति र किम्दन्तीहरुको पनि प्रयोग गरिएको छ । नेपाल एकिकरणका समयमा बहादुर शाह र उनका सिपाहीहरुद्वारा सुदुरपश्चिमका जनतामाथि गरिएको निर्मम यातनाहरुको वर्णन पुस्तकमा पाइन्छ । त्यस्तै प्रथम र दोस्रो विश्वयुद्धमा राणाहरुले बृटिश सेनाबाट पैसा लिएर जनताका छोराछोरीहरुलाई पठाउने गरेको भेद पनि पुस्तकमा खुलाएका छन्  ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan