Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राष्ट्रिय खबरको वार्षिक उत्सवमा विभिन्न व्यक्तिहरु सम्मानित

न्यूजअभियान | प्रकाशित मिति : २०७३ बैशाख १३ सोमबार | २२४६ पटक हेरिएको

राष्ट्रिय खबर डटकम अनलाइनको वार्षिकोत्सवका अवसरमा शुक्रबार शुभकामना आदान प्रदान तथा सम्मान् कार्यक्रम सम्पन्न भएको छ । राजधानीमा आयोजित वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि  नेपाल सरकारका गृहमन्त्री शक्ति बहादुर बस्नेत , पुर्व मन्त्री लालवावु पण्डितले ,एम्नेष्टि इन्टरनेसनल नेपालका अध्यक्ष सूर्यबहादुर अधिकारी ,त्रिवी शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा डा . दिपक प्रकाश महरा , डा.सुवास घिमिरे,प्रेस क्लव नेपालका अध्यक्ष रामकृष्ण कर्माचार्य ,नेपाल टुरिजम बोर्डका संचालक समिति सदस्य राजेन्द्र सापकोटा ,नेपाल बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकाल,जया मल्टिपल क्याम्पसका प्रमुख भवानी पौडेल  लगायतको उपस्थिति रहेको थियो

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल सरकारका गृहमन्त्री शक्ति बहादुर बस्नेतले  सर्वसाधारणलाई सत्यतथ्य समाचार प्रवाह गर्ने क्षेत्रमा अहिलेको यूगमा अनलाइन मिडिया ज्यादै प्रभावकारी रहेको बताए । उनले राष्ट्रिय खबर डटकमले सत्य तथ्य तथा निष्पक्ष पत्रकारिताको मूल्य र मान्यतालाई अवलम्वन गरेकोमा आफु विस्वस्त रहेको समेत बताए ।

पुर्वमन्त्री लालवावु पण्डितले  राष्ट्रिय खबर अनलाईनमा अझ द्रुत  गतीमा सार्वजनिक चासोका समाचारहरु सम्प्रेषण गर्न सुझाव दिए । उनले कानुनको अधिनमा रहेर पत्रकारिता अवलम्बन गर्न सुझाव समेत दिएका थिए   ।

राष्ट्रिय खबर  अनलाईनले पत्रकारिताको क्षेत्रमा शुरु गरेको प्रयास राम्रो भएको बताउँदै एम्नेष्टि इन्टरनेसनलका अध्यक्ष सूर्यबहादुर अधिकारीले यसलाई निरन्तरता दिनसके सफलता हासिल हुने बताए ।

कार्यक्रममा नेपाल टुरिजम बोर्डकाका संचालक समिति सदस्य राजेन्द्र सापकोटाले अनलाईनले अहिलेको पर्यटन क्षेत्रमा ठुलो टेवा पुगेको बताउदै ,छिटो छरितो माध्यमनै अनलाईन मिडिया भएकोले अबको जमाना अनलाईन न्युजको भएको समेत प्रष्ट पारे ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan