Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पश्चिममा मान्छेको वली दिने गर्दथे

न्यूजअभियान | प्रकाशित मिति : २०७३ बैशाख १६ बिहीबार | २२६० पटक हेरिएको

नेपाल एकीकरण र राणाकालको सुुदूर–पश्चिम र कर्णाली क्षेत्रको जनजीवन, रहनसहन र इतिहासलाई समेटेर आख्यानकार गगनसिंह थापाको ‘पुर्खाको चिठी’ नामक उपन्यास बजारमा आएकोे छ ।

नेपाली काँग्रेसका सभापति एवम्् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आज यहाँ एक कार्यक्रमबीच उक्त उपन्यासको विमोचन गर्नुभयो ।

पुस्तक लोकार्पण गर्दै सभापति देउवाले सुदूरपश्चिमको इतिहास चिनाउन पुस्तक सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपालको एकीकरणको समयमा तत्कालीन गोरखाली सेनाले सुदूरपश्चिमवासीमाथि गरेको अन्याय र ज्यादती पुस्तकको महत्वपूर्ण पक्ष रहेको उहाँको भनाइ थियो ।

काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले यस पुस्तक उपन्यास नभई ऐतिहासिक दस्तावेज भएको धारणा राख्नुभयो । उहाँले एकीकरणको समयमा किर्तिपुरवासीको नाक, कान काटिएको इतिहास लेखिए पनि सोही समयमा सुदूरपश्चिमका केही बासिन्दालाई बलि दिइएकोे इतिहास नलेखिएको टिप्पणी गर्नुभयो ।

नागरिक समाजका अगुवा कृष्ण पहाडीले इतिहासको अर्को पक्षको चित्रण पुस्तकमा उल्लेख भएको बताउनुभयो । लेखकका छोरा एवम् गैरआवासीय नेपाली सङ्घका कोषाध्यक्ष हिक्मत थापाले सुदूरपश्चिम र कर्णालीको भाषा, कला र साहित्यलाई मूलप्रवाहमा ल्याउन पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रा.डा. कुमार कोइराला र साहित्यकार ललिजङ्ग रावलले पुस्तकमाथि समीक्षा गर्दै लेखकले पुराना अभिलेख, लालमोहर र चिठीपत्रको अध्ययन अनुसन्धान गर्दै उत्कृष्ट कृतिको तयार पारेको टिप्पणी गर्नुभयो ।

उपन्यासका लेखक थापाले नेपाल एकीकरणको समयमा जित्ने गोरखालीको इतिहास र गाथा लेखिए पनि हार्नेहरुको इतिहास लेखिनुपर्छ भन्ने मान्यताको साथ आफूले उपन्यास लेखेको जानकारी दिनुभयो । थापाको यो तेस्रो कृति हो ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan