Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सोध ग्रन्थ अरूज बिज्ञानको विमोचन तथा लोकार्पण सम्पन्न

न्यूजअभियान | प्रकाशित मिति : २०७३ कार्तिक २५ बिहीबार | ४२५३ पटक हेरिएको

बहु प्रतिक्षित सोध ग्रन्थ अरूज बिज्ञानको विमोचन तथा लोकार्पण कार्यक्रम सम्पन्न ।

कृतिकार आवाज शर्माद्वारा लिखित गजलको सैद्धान्तिक पक्षलाई समेटिएको सोधग्रन्थ "अरुज विज्ञान"को विमोचन आज सम्पन्न भएको छ । बहर-बहार समूह र आरम्भ साहित्यिक शब्द यात्राको आयोजनामा अनामनगर घट्टेकुलो स्थित घट्टेकुलो बिकास सभा हलमा एक कार्यक्रम बिच उक्त पुस्तकको विमोचन गरिएको हो ।

बहरबहार समूहका प्रतिनिधि गजलकार तथा गायक लालकाजी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथिको रूपमा वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल, वरिष्ठ संगीतकार दिपक जंगम, गजलकार ललिजन रावल थिए  भने रवि प्रान्जल, करुण थापा, विपुल सिजापती , पोष्टराज चापागाइँ, जीवन पानी लगायत करिब डेंढसयजना भन्दा बढीको सहभागीता रहेको थियो । गजलकार रमेश गोठालोको शुभकामना मन्तव्य संगै शुरु भएको कार्यक्रममा बहर-बहारकै अन्य सहयात्रीहरू राम कँडेल , राजिव संघर्सी , जीवन कश्यप ,नानू मगर लगायतका थुप्रै साथीहरू प्रत्यक्ष उपस्थित रहेका थिए ।

कृतिमाथी टिप्पणी गर्ने क्रममा अतिथिहरूले अब गजललाई पूर्णता तर्फ अगाडि बढाउनुपर्छ र त्यस कार्यका लागि अरूज बिज्ञानको अध्ययन आवश्यक रहेको बताए । कार्यक्रममा नेपाली गजलमा एउटा मानक पुस्तकको रूप लिइन सकिने भनिएको पुस्तक "अरूज विज्ञान"को आर्थिक व्यवस्थापन देखि हरेक रूपले प्रकाशनार्थ जिम्मेवारी निर्वाह गर्नपाएकोमा बहर-बहारको तर्फबाट कृतिकार आवाज शर्मालाई धन्यवाद अर्पण गरियो ।

सबै दृष्टिकोणले सशक्त नेपाली गजल लेखनका लागि गजल विधाका सम्पूर्ण अग्रज समकालीन एवं अनुजहरूमा साथ सहकार्य र मार्गनिर्देशनका लागि आग्रह र अनुरोध पनि राखियो । कार्यक्रममा उद्घोषण गजलकार प्रदिप रोदनले गरेका थिए ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan