Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एन आई सी एशिया बैंकद्वारा नेपालपे कार्डमार्फत हुने भुक्तानी प्राप्ती सेवा सुरु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १२ मंगलबार |
newsabhiyan

काठमाडौं, १२ साउन । एन आई सी एशिया बैंकले आफ्नो डिजिटल बैंकिङ्ग सेवालाई अझ विस्तार र सुदृढ बनाउँदै नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को नेपालपे कार्डबाट हुने भुक्तानी प्राप्ती गर्ने सेवा सुरु गरेको छ ।

यससँगै अब बैंकले आफ्ना ग्राहकहरुका लागि नेपालपे कार्डमार्फत भुक्तानी प्राप्ती गर्न सहज हुनेछ ।

साथै, डिस्कभर नेटवर्क अन्तर्गत रुपे कार्डसहित अन्य अन्तर्राष्ट्रिय कार्डहरु पनि अब बैंकको एटीएम र पीओएस टर्मिनलमा प्रयोग गर्न सकिनेछ ।

नेपालपे कार्ड नेशनल पेमेन्ट स्विच अन्तर्गत सञ्चालनमा आएको नेशनल कार्ड स्कीम हो, जुन नेपालमा नेशनल पेमेन्ट स्विच मार्फत र अन्तर्राष्ट्रिय भुक्तानी पार्टनर डिस्कभर नेटवर्क मार्फत विश्वव्यापी रुपमा प्रयोग गर्न सकिन्छ ।

नेशनल पेमेन्ट स्विच अन्तर्गत नेपालपे कार्ड सञ्चालनमा आएसँगै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने नेपालपे कार्डहरू नेपाल तथा विदेशमा रहेका एटीएम र पीओएस टर्मिनलमा समेत प्रयोग गर्न सकिने भएको छ ।

साथै अन्तर्राष्ट्रिय डिस्कभर कार्ड तथा डिस्कभर पार्टनर कार्डहरु पनि नेपालमा प्रयोग गर्न सकिने भएको छ ।

बैंकको यस पहलले ३६ भन्दा बढि बैंक तथा वित्तीय संस्थाहरु आवद्ध भइसकेको नेशनल कार्डको प्रवद्र्धन गर्नुका साथै डिजिटल रुपान्तरणमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan