Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सप्तरी भन्सारद्वारा गत आवमा रु सात करोड ४२ लाख राजस्व सङ्कलन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १३ बुधबार | (रासस)
newsabhiyan

जनकपुरधाम, १३ साउनः जिल्ला भन्सार कार्यालय तिलाठी बेल्ही सप्तरीले आर्थिक वर्ष २०८२/८३ मा रु सात करोड ४२ लाख राजव सङ्कलन गरेको छ ।
 
कार्यालयका सूचना अधिकारी विजयकुमार साहका अनुसार आव २०८२/८३ मा कार्यालयको वार्षिक लक्ष्य रु आठ करोड १७ लाख १५ हजार रहेकामा लक्ष्यको ९०.१ प्रतिशत अर्थात रु सात अर्ब ४२ लाख राजस्व सङ्कलन भएको छ । 

अघिल्लो आव २०८१/८२ मा उक्त कार्यालयले वार्षिक लक्ष्यको ८०.९३ प्रतिशत राजस्व सङ्कलन गरेको थियो । भन्सार नाकासम्म पुग्ने सडक र पुल लामो समयसम्म जीर्ण हुँदा आवागमन प्रभावित भइरहेको परिस्थितिमा लक्ष्यको ९० प्रतिशत राजस्व सङ्कलन हुनु सन्तोषजनक नै मान्नुपर्ने सूचना अधिकारी साहको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan