Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १२ मंगलबार | (रासस)
newsabhiyan

काठमाडौँ,  १२ साउन : धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४ दशमलव ६४ अङ्कले घटेर दुई हजार ६९६ दशमलव ६७ मा पुगेको छ ।
 
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ७०  अङ्कले घटेर ४७० दशमलव ७९ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक शून्य दशमलव ३१ अङ्कले घटेर १८५ दशमलव २२ मा पुगेको छ । सेन्सेटिभ फ्लोट सूचक शूल्य दशमलव १८ अङ्कले  घटेर १५९ दशमलव ७० मा पुगेको छ । विभिन्न कम्पनीका एक करोड चार लाख २१ हजार ८६३  कित्ता सेयर रु चार अर्ब ४२ करोड ७३ लाख पाँच हजार ५४२ मूल्यमा खरिद बिक्री भएको छ ।
 
तेह्र उपसमूहमध्ये चार उपसमूह बढ्यो भने ९ उपसमूह घटेको छ । आज ९८ कम्पनीको सेयर बढ्यो भने १६६ कम्पनीको सेयर घट्यो । त्यसैगरी  १३ कम्पनीको सेयर स्थिर रह्यो ।

नेप्सेका अनुसार आज एभरेष्ट कलर लिमिटेड, लक्ष्मी उन्नति कोष, गरिमा समृद्धि योजनाका लगानीकर्ताले कमाएका छन् भने कुथेली बुखरी स्मल हाइड्रोपावर, सिद्धार्थ इक्युटि फण्ड, मेगा म्युचुअल फण्डलगायत लगानीकर्ताले गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan