Thursday 27th of August | २०८३ भदौ ११ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हैदरावादले नेपाललाई दियो १९८ रनको लक्ष्य

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ११ बिहीबार | (रासस)

काठमाडौँ, ११ भदौः अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज भएको खेलमा हैदराबाद किङ्समेन एकेडेमीले नेपाल ए लाई जितका लागि १९८ रनको लक्ष्य दिएको छ । 

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदराबाद किङ्समेन एकेडेमीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९७ रनको योगफल बनाएको हो । 

हैदराबादका लागि शेहान जयसूर्याले उत्कृष्ट ब्याटिङ गर्दै ४४ बलमा ४ चौका र ५ छक्कासहित ६७ रनको योगदान दिए ।

यस्तै हम्माद आजमले ११ बलमा २ चौका र २ छक्कासहित अविजित २६ रन बनाए । मिलिन्द कुमारले २५, शायान जहाँगीरले २७, तय्याब आरिफले २३ तथा अली शेखले २२ रनको योगदान दिए ।

नेपालका बलरमध्ये नारायण जोशीले २ विकेट लिए । राशिद खान, पवन सर्राफ र कुशल भुर्तेलले समान १–१ विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan