Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्राकृतिक विपत्तिका कारण प्रधानाध्यापकको दरखास्त म्याद थप, भदौ २३ गतेसम्म आवेदन दिन सकिने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १७ बुधबार |

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयका रिक्त प्रधानाध्यापक पदमा दरखास्त दिने म्याद थप गरेको छ। महानगरपालिकाअन्तर्गत सञ्चालित २२ वटा माध्यमिक र १४ वटा आधारभूत गरी ३६ सामुदायिक विद्यालयमा रिक्त प्रधानाध्यापक पदका लागि आवेदन दिने म्याद थप गरिएको हो।

महानगरपालिकाले यसअघि २०८३ भदौ २ गते प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वानसम्बन्धी सूचना प्रकाशित गरेको थियो। तर पछिल्लो समय आएको प्राकृतिक विपत्तिका कारण सडक सञ्जालमा परेको असर तथा जनजीवन प्रभावित भएकाले इच्छुक उम्मेदवारलाई आवेदन दिन सहज होस् भन्ने उद्देश्यले म्याद थप गर्ने निर्णय गरिएको महानगरपालिकाले जनाएको छ।

नयाँ निर्णयअनुसार अब योग्य उम्मेदवारले २०८३ भदौ २३ गतेसम्म सम्बन्धित विद्यालयमा दरखास्त पेश गर्न सक्नेछन्।
शिक्षा नियमावली, २०५९ (दशौँ संशोधनसहित) को नियम ९३ बमोजिम योग्य उम्मेदवारले थपिएको समयभित्र आवश्यक कागजातसहित विद्यालय विकास प्रस्ताव समेत संलग्न गरी सम्बन्धित विद्यालयमा रीतपूर्वक दरखास्त पेश गर्नुपर्नेछ।

महानगरपालिकाले तोकिएको म्यादभित्र आवश्यक प्रक्रिया पूरा गरी आवेदन दिन सम्बन्धित योग्य उम्मेदवारलाई आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan