Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २८ आइतबार | रासस

 म्याग्दी, २८ भदौः बेनी नगरपालिकाले घरमा प्रसूति हुनेको सङ्ख्यालाई लगातार चौथो वर्ष शून्यमा कायम राखेको छ । 
    
    आर्थिक वर्ष २०७८÷७९ यता बेनी नगरपालिकामा घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य छ । घरमै बच्चा जन्माउँदा आमा र बच्चाको ज्यान जोखिममा पर्नुका साथै स्वास्थ्य समस्या हुनसक्ने भएकाले पालिकाले सुरक्षित प्रसूति सेवालाई प्राथमिकता दिएको हो । 

    प्रसूतिका कारण हुने जोखिम न्यूनीकरण गरी बच्चा र आमाको स्वास्थ्यमा सुधार ल्याउन गरेको प्रयास स्वरुप घरमा प्रसूति हुनेको सङ्ख्या लगातार चौथो वर्ष शून्य कायम गर्न सफल भएको नगर प्रमुख सुरत केसीले बताउनुभयो । 

    “बेनी नगरपालिकामा बसोबास गर्ने शतप्रतिशत गर्भवतीहरूले पछिल्लो तीन वर्षयता स्वास्थ्य संस्थामा पुगेर दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति सेवा लिएका छन्,” उहाँले भन्नुभयो “घरमा प्रसूति गराउने सङ्ख्यालाई शून्यमा कायम राख्न सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइरहेका छौँ ।”

    बेनी नगरपालिकामा आर्थिक वर्ष २०८२÷८३ मा ३४४ जनाले सुरक्षित प्रसूति सेवा लिएका जनस्वास्थ्य अधिकृत दिपेश पौडेलले बताउनुभयो । आर्थिक वर्ष २०७८÷७९ मा ८४७, २०७९÷८० मा ६७७, २०८०÷८१ मा ३९२ र २०८१÷८२ मा ४३७ जनाले सुरक्षित प्रसूति सेवा लिएका छन् । 

    दस वटा वडा रहेको बेनी नगरपालिकामा प्रदेश अस्पताल बेनी, ज्यामरुककोट, भकिम्ली, सिङ्गा, पुलाचौर र पात्लेखेतको स्वास्थ्य चौकीमा सुरक्षित प्रसूति सेवा उपलब्ध छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan