Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रभु बैंकका संचालक तथा कर्मचारीद्धारा स्वेच्छिक रुपमा संकलित रु. ४० लाख ८० हजार ५० पचास सहयोग

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २८ आइतबार |
newsabhiyan

काठमाडौं, २८ भदौ । भोटेकोशी तथा त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित तथा घरवार विहिन भएका परिवारहरुलाई राहत सहयोग पुर्याउने उद्देश्यले प्रभु बैंकका संचालक तथा कर्मचारीहरुले स्वेच्छिक रुपमा संकलन गरेको रु. ४० लाख ८० हजार ५० पचास प्रधानमन्त्री दैवीप्रकोप उद्घार कोषमा सहयोग गरेकोे छ ।

विपद्को यस कठिन घडिमा प्रभावित नागरिकको राहत उद्घार तथा पुनस्र्थापनामा सहयोग पुर्याउने उद्देश्यले बैंकका संचालक तथा कर्मचारीहरुको तर्पmबाट संकलित उक्त रकमको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले अर्थमन्त्रीलाई अर्थ मन्त्रालयमा चेक हस्तान्तरण गर्नु भएकोे छ ।

यसअघि पनि बाढीबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले प्रभु बैंकले १०० थान टेन्ट तथा १०० थान स्लिपिङ्ग व्याग जिल्ला प्रशासन कार्यालय, नुवाकोटमाफ्र्mत प्रभावित परिवारलाई उपलब्ध गराइएको थियो ।

त्यसैगरी प्रभु बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु.२ करोड ११ लाख ११ हजार १११ सय प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्माहुने गरी सहयोग रकमको चेक समेत हस्तान्तरण गरिएको छ ।

प्राकृतिक विपद्का कारण ज्यान गुमाउनु हुने स्वदेशी तथा विदेशी नागरिकहरु प्रति प्रभु बैंक हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै सम्पर्क विहिन नागरिकहरुहरुको शीघ्र उद्धार तथा घाइतेहरुको  स्वास्थ लाभको कामना गर्दै विपदबाट प्रभावित सम्पपुर्ण समुदायप्रति बैंकले गहिरो समवेदना व्यक्त गर्दछौै ।

प्रभु बैंकले विपद्को यस कठिन घडिमा प्रभावित नागरिक तथा समुदायको राहत उद्धार र पुनस्र्थापनाका प्रयासमा आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरतादिने प्रति बद्घता व्यक्त गरेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan