Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

स्ट्रेलिङ्ग आयल नाइजेरियाले पचास हजार डलर नेपालका बाढीपीडितलाई सहयोग घोषणा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २८ आइतबार |
newsabhiyan


नाइजेरियाको स्ट्रेलिङ्ग आयल कम्पनीबाट अमेरिकी डलर ५०,००० ( लगभग ७६ लाख नेरु )  नेपालका बाढीपीडितलाई सहयोग प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरि पठाउने भएको छ ।  अफ्रिकाका बाह्र भन्दा बढी देशमा खनिज तेल , खनिज र मेटल क्षेत्रमा कार्यरत उक्त कम्पनीले आफ्नो कल्याणकारी  शाखा "भि- केयर फर डेभलपमेन्ट  फाउन्डेसन " बाट पचासहजार डलर घोषणा गरेर थप ब्याक्तिगत सहयोग गर्न इच्छा राख्ने आफ्ना कर्मचारीलाई सहयोगको लागि आन्तरिक आह्वान समेत गरेको छ । 
  कर्मचारीहरु बाट प्राप्त  ऐच्छिक सहयोग समेत  उक्त रकमा थपेर सबै  सहयोग राशी यसै शुक्रवार भित्र नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा जम्मा हुने भएको छ ।

  उक्त सहयोगका निम्ति कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहित बरोर , ब्यबस्थापन र सबै कर्मचारी प्रति हार्दिक आभार ब्यक्त गर्दछौ ।  सो सहयोगका लागि प्रस्ताव र पहल गर्नु हुने त्यहाँ कार्यरत नेपाली अधिकारी दिलिप  आचार्यलाई विशेष धन्यबाद छ ! जसको सतप्रयासले यो सहयोग संभव भयो ।

Sterling Oil Exploration & Energy Production Company Limited (SEEPCO) नाइजेरियाको Lagos मा मुख्यालय रहेको निजी क्षेत्रको प्रमुख तेल तथा ग्यास अन्वेषण तथा उत्पादन कम्पनी हो। सन् २००५ मा स्थापना भएको यस कम्पनीले नाइजेरियाको upstream oil & gas क्षेत्रमा अन्वेषण, विकास तथा कच्चा तेल उत्पादन गर्दै आएको छ। SEEPCO ले OML 143 क्षेत्रमा Okwuibome (OKW) Blend कच्चा तेल उत्पादन गर्दै आएको छ र ऊर्जा क्षेत्रमा प्रविधि, दिगोपन तथा स्थानीय समुदायको विकासलाई समेत प्राथमिकता दिँदै आएको छ।

     स्ट्रेलिङ्ग आयललाई अफ्रिकाका सम्पुर्ण नेपालीहरुका तर्फबाट हाम्रो मार्तुभुमिको यो अप्ठ्यारोमा सहयोग पुर्याएकोमा  एनआरएनएका पुर्व कोषाध्यक्ष हिक्मत थापाले हार्दिक आभार  ब्यक्त गरेका छन  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan