Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रतिबन्धित भेप सहित पूर्णलाल श्रेष्ठ, शुभम गुप्ता, राजन मोक्तान र सक्षम श्रेष्ठ पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३० मंगलबार |

काठमाडौँ, २९ भदौः काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा प्रतिबन्धित विद्युतीय चुरोट (भेप)को भण्डारण तथा बिक्री–वितरण भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले प्रतिबन्धित भेपको कारोबारमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरेको छ । उनीहरूको साथबाट दुई हजार ७७० थान भेप बरामद गरेको छ । पक्राउ पर्नेमा धादिङका पूर्णलाल श्रेष्ठ, काठमाडौँका शुभम गुप्ता, राजन मोक्तान र काभ्रेपलाञ्चोकका सक्षम श्रेष्ठ छन् ।

काठमाडौँ उपत्यकाका विभिन्न वडा क्षेत्रमा प्रतिबन्धित विद्युतीय चुरोट (भेप)को भण्डारण तथा बिक्री–वितरण भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो । 

सोही क्रममा काठमाडौँ महानगरपालिका–६ चुच्चेपाटीस्थित ‘रेसा कलेक्सन’ नामको गोदाम र महाबौद्धस्थित आरएचएस इन्टरनेसनलमा छापा मारिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पूर्णलाल श्रेष्ठको गोदाम कोठाबाट प्रतिबन्धित भेप दुई हजार ६७० थान तथा आरएचएस इन्टरनेसनल प्रालिबाट थप एक सय थान भेप बरामद गरिएको हो । 

पक्राउ परेका चारै जना तथा बरामद सामग्रीलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan