Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३० मंगलबार | (रासस)
newsabhiyan

काठमाडौँ, ३० भदौः प्रतिनिधिसभा तथा सचिवालयका कामकारबाहीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि आरम्भ गरिने भएको छ ।
   
सभामुख डोलप्रसाद अर्यालको सभापतित्वमा आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा डिजिटल पार्लियामेन्टको अवधारणाअनुसार हालसम्म भएका कार्यप्रगति तथा आगामी योजनाबारे सचिवालयले समितिका सदस्यहरुलाई जानकारी गराएको हो ।

उक्त बैठकमा प्रतिनिधिसभा तथा सचिवालयका कामकारबाहीलाई क्रमशः डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले परीक्षणको थालनी गर्न लागिएको जानकारी दिइएको सभामुख अर्यालको सचिवालयले जनाएको छ ।
   
बैठकमा समितिका सदस्यहरुले डिजिटल पार्लियामेन्टको कार्यान्वयनलाई प्रभावकारी बनाउन विभिन्न राय, सुझाव तथा परामर्श दिनुभएको थियो । प्राप्त सुझावलाई समेट्दै डिजिटल पार्लियामेन्ट कार्यान्वयनलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan