Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रधान सेनापति अशोक राज सिग्देल चीनको औपचारिक भ्रमणका लागि प्रस्थान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २८ आइतबार |
newsabhiyan

काठमाडौं, २८ भदौ । प्रधान सेनापति अशोक राज सिग्देल मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको निमन्त्रणामा आज २८ गतेदेखि आश्‍विन ३ गतेसम्म हुने औपचारिक भ्रमणका लागि आज बेइजिङतर्फ प्रस्थान गर्नुभएको छ।

भ्रमणका दौरान प्रधान सेनापति सिग्देल बेइजिङमा आयोजना हुने The 13 th Beijing Xiangshan Forum मा समेत सहभागी हुनुहुने कार्यक्रम रहेको छ।

 बेइजिङतर्फ प्रस्थान गर्नु अघि प्रधान सेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जङ्ग के.सी. ले बिदाइ गर्नुभएको थियो।

उक्त भ्रमणले दुई देशबिचको आपसी सैनिक सम्बन्ध विस्तार हुन गई सैनिक कूटनीति मार्फत नेपालको परराष्ट्र नीतिलाई समेत योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।

भ्रमण पूर्व प्रधान सेनापतिलाई जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो। प्रधान सेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीप जङ्ग के.सी.ले कायममुकायम प्रधान सेनापतिको
कार्यभार सम्हाल्नु हुनेछ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan