Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हुलाकमार्फत बोलपत्र दाखिला गर्न सकिने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३१ बुधबार | (रासस)
newsabhiyan

काठमाडौँ, ३१ भदौः सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्युतीय खरिद प्रणालीमा उच्च सुरक्षा जोखिम देखिएकाले केही समयको लागि बोलपत्रदाताले हुलाकमार्फत बोलपत्र दाखिला गर्न सक्ने जनाएको छ । 

कार्यालयले आज सार्वजनिक सूचना जारी गरे विद्युतीय खरिद प्रणाली सञ्चालनमा नआउन्जेलसम्म  बोलपत्रदाता स्वयं उपस्थित भई, प्रतिनिधिमार्फत, हुलाक वा कुरियरमार्फत बोलपत्र बुझाउन सकिने जनाएको छ । 

सार्वजनिक खरिद अनुगमन कार्यालयको यही भदौ ३० गतेको सचिवस्तरीय निर्णयअनुसार विद्युतीय खरिद प्रणाली सञ्चालनमा नआउन्जेलसम्म हुलाकमार्फत बोलपत्र दाखिला गर्ने व्यवस्था भएकाले हुलाकमार्फत बोलपत्र कागजात प्राप्त गर्ने, हुलाकमार्फत कानुनबमोजिम तोकिएको समयसीमाभित्रै कार्यालयमा दाखिला गर्न सक्ने व्यवस्था मिलाएको बताइएको छ ।

कार्यालयले विद्युतीय खरिद प्रणाली पुनः सञ्चालनमा नआउँदासम्म सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८५ को उपनियम (२) अनुसार बोलपत्र कागजात प्राप्त गर्ने व्यवस्था लागू हुने कार्यालयले स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan