Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एक्लेखेतमा बाढी पस्दा १३ घर प्रभावित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३१ बुधबार |

दमौली (तनहुँ), ३१ भदौः अविरल वर्षाका कारण शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतमा ताकुडाँडाको खोल्सीको बाढीले स्थानीय १३ घरमा सामान्य क्षति पुर्याएको छ ।
 
प्रहरीका अनुसार बाढीबाट कुनै मानवीय क्षति भने नभएको तथा अहिले पानीको बहाव पनि घटिसकेको छ ।

गए राति खोल्सीमा बहाव बढेर स्थानीयवासीका घरमा पानी पसेको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट कोत्रेबाट प्रहरी सहायक निरीक्षक रामचन्द्र पौडेल नेतृत्वको टोली उद्धारका लागि घटनास्थलमा पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार बाढीको पानी तीनवटा पक्की र  १० वटा कच्ची घरमा पसेको थियो ।

घटनापछि प्रहरीले स्थानीयसँग समन्वय गरी आवश्यक उद्धार तथा सुरक्षा व्यवस्था मिलाएको जनाएको छ ।

हाल उक्त क्षेत्रमा पानीको बहाव घटिसकेकाले अवस्था सामान्य बन्दै गएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan