Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

निजी क्षेत्रको संरक्षणमा प्रदेश सरकार तत्पर छः मुख्यमन्त्री कार्की

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३० मंगलबार |

विराटनगर, ३० भदौः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको निजी क्षेत्रको संरक्षण, प्रवद्र्धन र सहजीकरणका लागि प्रदेश सरकार सधैँ तत्पर रहने बताउनुभएको छ ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विराटनगर पुगेको मोरङ उद्योग व्यापार सङ्घको नवगठित ३५औँ कार्यसमितिलाई आज बधाई, सम्मान तथा शुभकामना दिँदै मुख्यमन्त्री कार्कीले उद्योग–व्यवसाय अनुकूल नीतिगत सुधार, लगानीमैत्री वातावरणको निर्माण र स्थानीय उत्पादनको प्रवद्र्धनमा प्रदेश सरकारले अभिभावकीय भूमिका निर्वाह गर्ने भन्दै निजी क्षेत्रका समस्या समाधान गर्न प्रदेश सरकार तथा निजी क्षेत्रबीचको साझेदारीलाई मजबुत बनाइने कुरामा जोड दिनुभयो । उहाँले मोरङ उद्योग व्यापार सङ्घसँग निजी क्षेत्रसँग सम्बन्धित नीतिहरूमा संयुक्त रूपमा छलफल एवं बहस गरेर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

    मुख्यमन्त्री कार्कीले सङ्घका नवनिर्वाचित अध्यक्ष अनिलकुमार साहसहित पदाधिकारीहरू, कार्यसमिति सदस्यहरू, आमन्त्रित सदस्यहरू एवं महिला उद्यम समितिका पदाधिकारीलाई खादा तथा माला पहिराएर स्वागत गर्दै सफल एवं उपलब्धिमूलक कार्यकालको शुभकामना पनि दिनुभएको थियो । 

    सो अवसरमा मोरङ उद्योग व्यापार सङ्घका अध्यक्ष साहले कोशी प्रदेश सरकारप्रति आभार व्यक्त गर्दै प्रदेशको औद्योगिक एवं आर्थिक विकासमा सङ्घले सरकारसँग काँधमा काँध मिलाएर सशक्त भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan