Thursday 17th of September | २०८३ असोज १ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेशनल लाईफ इन्स्योरेन्स र नेपाल बैंकबीच सम्झौता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १ बिहीबार |
newsabhiyan

काठमाडौं, १ असोज । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल बैंक लिमिटेडबीच नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूको जीवन बीमा सम्बन्धी सम्झौता सम्पन्न भएको छ । 

सम्झौता पत्रमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत स्मृती राज कंडेल र नेपाल बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्ले हस्ताक्षर गर्नु भएको हो।

सम्झौताअनुसार नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूको जीवन सुरक्षालाई लक्षित गरी जीवन बीमा सुविधा उपलब्ध गराइने छ ।

कर्मचारीहरूको जीवन तथा आर्थिक सुरक्षालाई थप सुदृढ गर्ने उद्देश्यले गरिएको उक्त सम्झौताले बैंकका कर्मचारीहरूलाई बीमामार्फत थप सुरक्षा तथा जोखिम व्यवस्थापनको सुविधा प्रदान गर्ने विश्वास गरिएको छ ।

सम्झौता कार्यक्रममा दुवै संस्थाका सम्बन्धित पदाधिकारी तथा अधिकारीहरूको उपस्थिति रहेको थिए । कार्यक्रममा सहभागी पदाधिकारीहरूले कर्मचारीहरूको सुरक्षा, कल्याण तथा दीर्घकालीन हितका लागि जीवन बीमाको महत्व रहेको उल्लेख गर्दै यस प्रकारको सहकार्यले संस्थागत सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना ग्राहक तथा संस्थागत साझेदारहरूको आवश्यकता र हितलाई प्राथमिकतामा राख्दै विभिन्न प्रकारका जीवन बीमा तथा जोखिम व्यवस्थापन सम्बन्धी सेवाहरू प्रदान गर्दै आएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan