Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घट्यो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १४ बुधबार | (रासस)
newsabhiyan

काठमाडौँ, १४ असोजः धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ८२ अङ्कले घटेर दुई हजार ५९८ दशमलव ८९ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ०२ अङ्कले घटेर ४६४ दशमलव ६३ मा पुगेको छ । 

त्यसैगरी, फ्लोट सूचक शून्य दशमलव ४३ अङ्कले घटेर १७९ दशमलव ०२  मा पुगेको छ । सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ६५ अङ्कले घटेर १५६ दशमलव ७८ मा पुगेको छ । 

आज विभिन्न कम्पनीका एक करोड २६ लाख ५५ हजार ३७४ कित्ता सेयर रु चार अर्ब ७६ करोड ५१ लाख २७ हजार ८८५ मूल्यमा खरिद बिक्री भएका छन् ।

तेह्र उपसमूहमध्ये तीन उपसमूह बढ्यो भने १० उपसमूह घट्यो ।  आज १०९ कम्पनीको सेयर बढ्यो भने १५७ कम्पनीको सेयर घट्यो । त्यसैगरी १३ कम्पनीको सेयर स्थिर रह्यो । 

नेप्सेकाअनुसार सिन्धु विकास बैंक, सयपत्री हाइड्रोपावर, घलेम्दी हाइड्रोपावरलगायत लगानीकर्ताले कमाएका छन् । त्यसैगरी सानिमा ग्रोथ फण्ड, चिर्खवा हाइड्रोपावर, सोपन फर्मासिट्रिकल्सलगायतका लगानीकर्ताले गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan