स्कुुुलअफ ब्युटिसियन आईटीसी, रुस्काज् ब्युटि स्टुडियो र प्रभु बैंकबीच सम्झौता
काठमाडौं, १६ असोज । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाण्डौ, कमलादीस्थित रुस्काज् ब्युटि स्टुडियो र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई सौन्दर्य सम्बन्धि सेवा सुविधामा (Hair cutting,Threading, Beauty related classes Hair chemical, Facial & Skin Treatment, Nail/Manicure/Pedicure/Waxing Make up & Make up package and cosmetic/Skin care Product) विशेष छुट प्रदानगर्ने सम्झौता भएको छ ।
एक समारोहका बिच रुस्काज् ब्युटि स्टुडियोका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रुस्काज् वैध श्रेष्ठ र प्रभु बैंक लि.का तर्फबाट प्रमुख प्रदेश अधिकारी बागमती प्रदेश ९३० प्रचिता श्रेष्ठले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गर्नु भएको छ ।
समारोहमा प्रभु बैंकको तर्फबाट कमलादी शाखाकी अधिकृत राधा गुरुङ तथा रुस्काज् ब्युटि स्टुडियोका तर्फबाट प्रबन्ध निर्देशक रवि भक्त श्रेष्ठ को समेत उपस्थिति रहेको थियो ।
सम्झौताअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु तथा कर्मचारीहरुले रुस्काज् ब्युटि स्टुडियोमा माथि उल्लेखित सौन्दर्य सम्बन्धि सेवा लिँदा ग्राहकहरुलाई ५∞ देखि २०% सम्म र कर्मचारीहरुलाई ५∞देखि ३०% सम्म छुट प्राप्तगर्न सक्नेछन् ।
छुट सुविधा प्राप्त गर्नका लागि ग्राहकहरुले मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा बिद्युतिय प्रणालीमध्ये कुनै एकतथा बैंकका कर्मचारीहरुले प्रभु बैंक लिमिटेडको कर्मचारी परिचयपत्रसमेत पेश गर्नुपर्ने छ ।
