Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

माछापुच्छ्रे बैंकद्वारा ग्राहक सेवामुखी च्याटबोट 'MAYA' सार्वजनिक

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १६ शुक्रबार |
newsabhiyan

काठमाडौं, १६ असोज । माछापुच्छ्रे बैंकले ग्राहकलाई अझ स्मार्ट, सहज, तथा ग्राहक केन्द्रित बैंकिङ सेवा प्रदान गर्ने आफ्नो निरन्तर प्रतिबद्धताअनुरूप नयाँ ग्राहक सेवामुखी च्याटबोट 'MAYA'औपचारिक रूपमा सार्वजनिक गरेको छ ।

बैंकको आधिकारिक वेबसाईट www.machbank.com मा MAYA को आईकन देख्न सकिन्छ र यसै मार्फत ग्राहकहरुले आफ्नो जिज्ञासा च्याट मार्फत राख्न सक्छन् ।

ग्राहकलाई प्राथमिकतामा राखेर विकास गरिएको MAYA एक अन्तरक्रियात्मक डिजिटल प्लाटफर्म हो ।

नियमित बैंकिङ सम्बन्धी जानकारीका लागि शाखा पुग्नुपर्ने वा बैंक कर्मचारीहरुसँग प्रत्यक्ष सम्पर्क गर्नुपर्ने आवश्यकतालाई कम गर्दै आवश्यक जानकारी सहज रूपमा प्राप्त गर्न सकियोस् भन्ने उद्देश्यले MAYA प्रविधिको विकास गरिएको हो ।

'MAYA' को सुरुवातले प्रविधिको प्रभावकारी प्रयोगमार्फत अझ दक्ष तथा ग्राहकअनुकूल बैंकिङ अनुभव सिर्जना गर्दै स्मार्ट बैंक बन्ने बैंकको दृष्टिकोणलाई समेत थप सहयोग गर्नेछ ।

साथै, ग्राहकका जिज्ञासाहरूलाई अझ सटीक, सान्दर्भिक र प्रभावकारी रूपमा सम्बोधनगर्न 'MAYA'को क्षमता तथा कार्यसम्पादनलाई निरन्तर सुधार तथा परिष्कृत गर्दै लगिने छ ।

ग्राहकबाट प्राप्त हुने सुझाव तथा प्रयोगबाट सिक्दै भविष्यमा यसको शुद्धता र उपयोगितालाई थप अभिवृद्धि गर्दै लगिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan