Monday 12th of October | २०८३ असोज २६ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रसुवाका बाढीप्रभावितलाई पाँच लाख नगद र खाद्यान्न सहयोग

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २६ सोमबार |

काठमाडौँ, २६ असोजः नेपाल रात्रीकालीन मनोरञ्जन व्यवसायी सङ्घले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई खाद्यान्न र नगद सहयोग गरेको छ । सङ्घले गत भदौ १० गते रसुवाको भोटेकोशी बाढीबाट प्रभावित भई काठमाडौँको स्वयम्भुस्थित मुस्ताङ गुम्बामा बसोबास गर्दै आएका नागरिकलाई रु पाँच लाख ५१ नगद र खाद्यान्न सहयोग गरेको हो ।

    उक्त रकम र खाद्यान्न आज साँझ सङ्घका अध्यक्ष रुपेश गुरुङले रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ की कार्यवाहक वडाअध्यक्ष किप्पा नगरकोटीलाई हस्तान्तरण गर्नुभयो । उक्त गुम्बामा हाल रसुवाका १५५ परिवारका ३०० भन्दा बढी नागरिकले आश्रय लिइरहेका छन् ।

    बाढीका कारण घरबार, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीमा क्षति व्यहोर्नुपरेका प्रभावित परिवारलाई लक्षित गर्दै सहयोग उपलब्ध गराइएको सङ्घका अध्यक्ष गुरुङले जानकारी दिनुभयो । विपद्का कारण समस्यामा परेका नागरिकलाई तत्काल राहत प्रदान गरी उनीहरूको दैनिक जीवन सहज बनाउन सहयोग गरिएको सङ्घले जनाएको छ ।

    प्राकृतिक विपद्का बेला प्रभावित नागरिकलाई सहयोग गर्नु सामाजिक उत्तरदायित्व भएको उल्लेख गर्दै सहयोगले पीडित परिवारलाई केही राहत मिल्ने विश्वास गरिएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा सङ्घका सल्लाहकारद्वय कर्मा घले र  श्री शाही, सङ्घका सचिव सबु तामाङ, कोषाध्यक्ष रमेशकुमार श्रेष्ठको सहभागिता थियो ।

    बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका लागि सरकारी निकाय, विभिन्न सङ्घसंस्था, निजी क्षेत्र र स्थानीय समुदायबीच सहकार्य आवश्यक रहेकामा जोड दिइएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan