Tuesday 13th of October | २०८३ असोज २७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २७ मंगलबार | रासस

 काठमाडौँ, २७ असोजः आइसिसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध खेल्दैछ । यी दुई टोलीबीचको खेल बिहान ११ः१५ देखि मस्कटस्थित अलअमरात क्रिकेट मैदानमा सुरु हुनेछ । 

    जारी शृङ्खलामा नेपाल र ओमान लगातार दोस्रो जितको खोजीमा छन् । नेपालले पहिलो खेलमा क्यानडालाई २४ रनले हराएको थियो । 

    यस्तै, ओमानले क्यानडाविरुद्ध ४१ रनको जित निकालेको थियो । नेपाली टोली आज पनि खेलमा जित निकाल्दै अङ्क तालिकामा सुधार गर्न चाहन्छ ।

    तालिकाको शीर्ष छमा रहेर आइसिसी एकदिवसीय मान्यता जोगाउन नेपालका लागि आजको खेल महत्वपूर्ण छ । ताजा स्थितिमा अङ्क तालिकामा ओमान चौथो र नेपाल छैटौँ स्थानमा छ ।

    आइसिसीको नियमअनुसार विश्वकप लिग–२ को तालिकामा शीर्ष छमा पर्ने टोलीले सोझै एकदिवसीय मान्यता जोगाउने छन् । तालिकाको पुछारको दुईवटा टिमले एकदिवसीय मान्यता जोगाउन आइसिसी विश्वकप क्वालिफायर प्लेअफ खेल्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan