Saturday 17th of October | २०८३ कार्तिक १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘विजयादशमीले सद्भाव र एकताको सन्देश दिन्छ’

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १ शनिबार |

जनकपुर, ३१ असोजः मधेस प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले विजयादशमीले सत्य, न्याय र सदाचारको पक्षमा उभिन तथा सामाजिक सद्भाव र एकता कायम राख्न प्रेरित गर्ने बताउनुभएको छ ।

बडादसैँका अवसरमा आज जारी गरिएको शुभकामना सन्देशमा उहाँले विविधतायुक्त मधेश प्रदेशमा पारस्परिक सम्मान, सहिष्णुता र सहअस्तित्वलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

विजयादशमीले समाजमा व्याप्त विभेद र अन्यायविरुद्ध उभिन तथा समतामूलक र समृद्ध समाज निर्माणका लागि एकजुट हुन प्रेरणा दिने विश्वास प्रदेश प्रमुख कर्णले सन्देशमा व्यक्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan