Monday 19th of October | २०८३ कार्तिक ३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानविरुद्ध खेल्दै

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ३ सोमबार | रासस

काठमाडौँ, २ कात्तिकः आइसिसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत नेपालले आफ्नो अन्तिम खेलमा घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ । खेल ओमानको अलअमरात क्रिकेट मैदानमा आज बिहान ११ः१५ बजे सुरु हुनेछ ।

    नेपालका लागि यो खेल महत्वपूर्ण छ । ओमानलाई पराजित गर्नसके नेपालले लिग–२ को शीर्ष छ स्थान सुरक्षित गर्दै सोझै एकदिवसीय अन्तरराष्ट्रिय मान्यता जोगाउन सफल हुनेछ । अन्यथा नेपालले एकदिवसीय मान्यता जोगाउन विश्वकप क्वालिफायर प्लेअफ खेल्नुपर्नेछ ।

    शङ्खलाको पछिल्लो खेलमा क्यानडाविरुद्ध २४ रनले पराजित भएपछि नेपाल तालिकाको सातौँ स्थानमा झरेको थियो । छैटौँ स्थानमा रहेको क्यानडाभन्दा नेपालको नेट रनरेट राम्रो रहेकाले खेल रद्द भएर एक अङ्क पाए पनि नेपाल शीर्ष ६ मा पुग्ने सम्भावना छ । तर, ओमानमा वर्षाको सम्भावना न्यून रहेकाले नेपाल जितकै लक्ष्यमा मैदान उत्रनेछ ।

    नेपालले यसअघि शृङ्खलाको दोस्रो खेलमा ओमानलाई ११३ रनले पराजित गरेको थियो । अब नेपाली टोली सोमबार पनि उत्कृष्ट प्रदर्शन गरेर ओमानविरुद्ध जित दोहो¥याउन चाहन्छ ।

    एकदिवसीय अन्तरराष्ट्रियमा नेपाल र ओमानबीच हालसम्म १२ खेल भएका छन् । जसमा दुवैले समान ६–६ खेल जितेका छन् । पछिल्ला तीन भेटमा भने नेपालले ओमानलाई पराजित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan