कांस्य पदक भिडन्तमा रेनु पराजित
न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ४ मंगलबार |
काठमाडौं कात्तिक २ गते ।
जापानमा जारी पाँचौं एसियाली पारा खेलकुदको तेक्वान्दोमा नेपालकी रेनु तामाङ कांस्य पदक भिडन्तमा सोमबार पराजित भएकी छिन् ।
नागोया सिटी मिजुहो पार्क जिम्नाजियममा महिला के–४४ क्याटगोरीको ४७ केजीमुनि रेनु चीनको बो यानसंग पराजित भइन् ।
पहिलो खेलमा रेनु थाइल्यान्डकी ख्वानसुन्डासंग पराजित भएकी थिइन् । ख्वानसुन्डा फाइनलमा प्रवेश गरेपछि रेनुले रिपेचेजको अवसर पाएकी थिइन् । रिपेचजको पहिलो खेलमा रेनुले दक्षिण कोरियाकी इओजिनलाई हराउदै कांस्य पदक भिडन्तमा प्रवेश गरेकी थिइन् ।

