Wednesday 28th of October | २०८३ कार्तिक १२ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ताप्लेजुङ युके युवा समाजद्वारा क्यान्सर तथा मृगौला पीडितलाई सहयोग

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १२ बुधबार | रासस

 

ताप्लजेजुङ, १० कात्तिकः ताप्लेजुङ युके युवा समाज युकेले ताप्लेजुङका क्यान्सर तथा मृगौला पीडितसहित तीन जनालाई रु एक लाख ६० हजार आर्थिक सहयोग प्रदान गरेको छ । समाजले मङ्गलबार सदरमुकाम फुङलिङमा पीडित परिवारका प्रतिनिधिलाई सहयोग रकम हस्तान्तरण गरेको हो । 

 

समाजका महासचिव दिनेश लिङ्खिमका अनुसार फुङलिङ नगरपालिका–६ का दिनेश मादेनलाई रु ८० हजार  तथा मेरिङदेन गाउँपालिका–२, सान्थाक्राका मिङमा खाङ्डु शेर्पा र सोही वडाका मिङ्मा छेम्बी शेर्पालाई जनही रु ४० हजारका दरले आर्थिक सहयोग उपलब्ध गराइएको हो । 

 

मादेनको मेरुदण्डमा समस्या देखिएपछि हाल काठमाडौँमा उपचार भइरहेको छ । त्यस्तै, मिङमा खाङ्डु मृगौलासम्बन्धी समस्याबाट पीडित हुनुहुन्छ भने मिङ्मा छेम्बी घाँटीको क्यान्सरको उपचार गराइरहनुभएको छ । सहयोग रकम समाजका महासचिव लिङ्खिमले बिरामीका आफन्त तथा प्रतिनिधिलाई हस्तान्तरण गर्नुभएको हो ।

 

ताप्लेजुङ घर भई हाल बेलायतमा बसोबास गर्दै आएका युवाको साझा संस्थाका रूपमा सन् २०२२ मा स्थापना भएको यस समाजले हालसम्म रु ४६ लाख आर्थिक सहयोग प्रदान गरिसकेको महासचिव लिङ्खिमले बताउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan