Friday 6th of November | २०८३ कार्तिक २० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

इतिहासबाट पाठ सिकेर नयाँ इतिहास बनाउन बाबुरामको आग्रह

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २० शुक्रबार |
newsabhiyan

काठमाडौं, २० कात्तिक । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नवोदित सत्ताधारी दलभित्र सरकार र पार्टीबीच असमझदारी बढ्दै गएको विषय सार्वजनिक हुन थालेकोप्रति चिन्ता व्यक्त गरेका छन्। उनले यस्तो अवस्था देश र लोकतन्त्रका लागि शुभसंकेत नभएको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले नेपालको राजनीतिक इतिहासमा पार्टीभित्र देखिएका अन्तर्संघर्ष र विभाजनले देश, लोकतन्त्र तथा जनतालाई ठूलो क्षति पुर्‍याएको स्मरण गराएका छन्।

उनले २००७ सालपछि नेपाली कांग्रेसमा बीपी कोइराला र मातृका समूहबीच देखिएको विवाद, २०४७ पछि कांग्रेसमा ७४ र ३६ समूहको विभाजन तथा २०५८ पछि गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा समूहबीचको संघर्षलाई उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।

त्यस्तै, २०५२ पछि नेकपा एमालेमा महाकाली सन्धिका पक्षधर र विरोधी समूहबीचको विवाद तथा २०६४ पछि माओवादीमा संविधान निर्माण गर्ने र जनविद्रोह गर्ने पक्षबीचको अन्तर्संघर्षले पनि मुलुकलाई नोक्सान पुर्‍याएको उनको भनाइ छ।

‘इतिहास दोहोरिन्छ किनकि मान्छेले आफ्ना गल्ती दोहोर्‍याउँछन्’ भन्ने भनाइ उद्धृत गर्दै भट्टराईले इतिहासका गल्तीबाट पाठ सिक्नुपर्नेमा जोड दिएका छन्।

जेन–जी विद्रोहको जगमा बनेको युवा बाहुल्य पार्टी र सरकारले विगतका राजनीतिक दलले गरेका गल्ती नदोहोर्‍याउनुपर्ने उनको सुझाव छ। बरु इतिहासबाट पाठ सिकेर नयाँ इतिहास निर्माण गर्न उनले आग्रह गरेका छन्।

भट्टराईको यो अभिव्यक्तिले राष्ट्रिय स्वतन्त्र पार्टीभित्र सरकार र पार्टीबीचको सम्बन्ध तथा पछिल्लो राजनीतिक परिस्थितिबारे बहसलाई थप चासोपूर्ण बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan