जुवातास खेलिरहेको अवस्थामा ५० जना पक्राउ
काठमाडौं, २० कात्तिक : धनकुटा, धनकुटा नगरपालिका-५ देवनटार बस्ने ३७ वर्षीया मेन कुमारी लिम्बुको घरमा जुवातास खेलिरहेको अवस्थामा मेन कुमारी समेत ९ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २४ हजार ५ सय रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।
कैलाली, गोदावरी नगरपालिका-५ गेटा बरचोक बस्ने २८ वर्षीय रमेश रानाले संचालन गरेको रमेश होटलमा जुवातास खेलिरहेको अवस्थामा रमेश समेत १४ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
सुदूरपश्विम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६८ हजार ६ सय १० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
ओखलढुंगा, सिद्धिचरण नगरपालिका-१२ बस्ने ३२ वर्षीया संगिता कार्कीको सुमन किराना पसल एण्ड होटलमा जुवातास खेलिरहेको अवस्थामा संगिता समेत ७ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४२ हजार २० रूपैयाँ सहित पक्राउ गरेको हो ।
ललितपुर, ललितपुर महानगरपालिका-१७ लुखुसीस्थित रौतहट घर भएका ४९ वर्षीय ललन प्रसाद कलवारको कवाडी कारखानामा जुवातास खेलिरहेको अवस्थामा ललन प्रसाद समेत १० जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५१ हजार ७० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
रूपन्देही, बुटवल उपमहानगरपालिका-११ बुद्धनगर बस्ने ५८ वर्षीय राम बहादुर केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा राम बहादुर समेत १० जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५६ हजार रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


