Friday 6th of November | २०८३ कार्तिक २० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आईजीपी नियुक्तिविरुद्धको रिट दर्ताबारे सर्वोच्चमा छलफल जारी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २० शुक्रबार |

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएर मनोजकुमार केसीलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदन दर्ता गर्ने विषयमा आज पनि छलफल जारी छ।

सर्वोच्च अदालत प्रशासनले रिट निवेदनको अध्ययन गर्न समय लागेको भन्दै बिहीबार पनि दर्ता गरेको थिएन। प्रशासनले आवश्यक अध्ययनपछि मात्रै रिट दर्ता गर्ने वा नगर्ने निर्णय लिने जनाएको छ।

सरकारको आईजीपी नियुक्तिसम्बन्धी निर्णयलाई चुनौती दिँदै सर्वोच्च पुगेको रिट दर्ता हुने–नहुने विषय अहिले न्यायिक तथा प्रशासनिक चासोको विषय बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan