Tuesday 10th of November | २०८३ कार्तिक २४ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एनपिएलः आज जनकपुर र सुदूरपश्चिम भिड्दै

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २४ मंगलबार |

काठमाडौँ, २४ कात्तिकः नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गत आज एक खेल हुँदैछ ।

    कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा आज पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स र दुई पटकको उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । खेल अपराह्न ५ः०० बजे सुरु हुने तालिका छ ।

    आजको खेलमा सुदूरपश्चिम आफ्नो लय कायम राख्दै जित निकाल्ने योजनामा छ । पाँच खेल खेलेको सुदूरपश्चिमले तीनमा जित र दुईमा हार बेहोरेको छ । छ अङ्क जोडेको ऊ हाल तालिकाको तेस्रो स्थानमा छ ।

    प्लेअफको सम्भावना बलियो बनाउने लक्ष्यसहित मैदान उत्रने सुदूरपश्चिम आजको खेलमा जित निकाल्न चाहन्छ ।

    यता जनकपुर पनि जितसहित पुनरागमन गर्ने योजनामा छ । पाँच खेल खेलेको जनकपुरले दुईमा जित र तीनमा हार बेहोरेको छ । चार अङ्कसहित तालिकाको पाँचौँ स्थानमा रहेको जनकपुरका लागि आजको खेल महत्वपूर्ण हुनेछ । जारी प्रतियोगितामा पनि आठ टोलीको सहभागिता रहेको छ । एनपिएल–३ मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan