Wednesday 11th of November | २०८३ कार्तिक २५ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दुई वर्षमा सक्नुपर्ने सडक चार वर्षमा पनि बनेन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २५ बुधबार | रासस


बागलुङ, २५ कात्तिकः दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको बागलुङको हरिचौर–मल्म–पाण्डवखानी सडक चार वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन । आठ किलोमिटर लामो सडकको भौतिक प्रगति हालसम्म ८० प्रतिशत मात्र पुगेको छ ।

एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक कार्यक्रमअन्तर्गत निर्माण भइरहेको उक्त सडक चार वर्षपछि बल्ल कालोपत्रको तयारीमा पुगेको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ । निर्माण व्यवसायीले अहिले कालोपत्र गर्नुअघि बेस बिच्छ्याउने काम गरिरहेको कार्यालयका प्रमुख हरि सुवेदीले जानकारी दिनुभयो ।

विसं २०७९ भदौमा रु २५ करोड २० लाखमा निर्माण सम्झौता भएको सडक २०८१ साल भदौभित्र सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने थियो । तर, निर्धारित समयमा काम सम्पन्न नभएपछि दुई पटक म्याद थप गरिएको छ । दोस्रो पटक थपिएको म्याद आगामी मङ्सिरमा सकिँदैछ । निर्धारित समयभित्रै काम सम्पन्न हुनेमा अझै आशङ्का रहेको स्थानीयको भनाइ छ ।

समयमै सडक निर्माण नहुँदा स्थानीयवासी लामो समयसम्म धुलाम्मे सडकमा आवतजावत गर्न बाध्य भएका थिए । निरन्तरको खबरदारी र स्थानीयको जनगुनासोपछि पछिल्लो समय निर्माणले गति लिएको गलकोट नगरपालिका–७ मल्मका वडाध्यक्ष राजबहादुर थापाले बताउनुभयो ।

सडक डिभिजन कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर सागर भण्डारीका अनुसार समयमै काम सम्पन्न नभएपछि दोस्रो पटक म्याद थप गरी निर्माण व्यवसायीलाई निरन्तर ताकेता गरिएको थियो । त्यसपछि निर्माण व्यवसायी काममा फर्किएर अहिले बेस बिच्छ्याउने र सडक सम्याउने काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

सडक निर्माणको ठेक्का वल्र्डवाइड/लोपूर्ण जेभीले पाएको थियो । निर्माणमा ढिलाइ भएपछि स्थानीयवासीले गत कात्तिकमा निर्माण व्यवसायीविरुद्ध आन्दोलनसमेत गरेका थिए ।
---

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan