Wednesday 11th of November | २०८३ कार्तिक २५ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भारतको आसाममा रेल दुर्घटना, कैयौँ यात्रु घाइते

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २५ बुधबार | (रासस/सिन्ह्वा)

भारतको उत्तरपूर्वी राज्य आसाममा बुधबार रेलका केही डिब्बा पटरीबाट खस्दा कैयौँ यात्रु घाइते भएका छन्।

पश्चिम बंगालको राजधानी कोलकाताबाट मिजोरमको साइराङतर्फ गइरहेको रेल दुर्घटनामा परेको पूर्वोत्तर सीमावर्ती रेलवेका एक अधिकारीले पुष्टि गरेका छन्।

दुर्घटनामा रेलका केही डिब्बा लिकबाट बाहिरिएका थिए। घटनामा कैयौँ यात्रु घाइते भएको बताइएको छ। यद्यपि, हालसम्म कसैको मृत्यु भएको आधिकारिक पुष्टि भएको छैन।

रेलवे अधिकारीका अनुसार दुर्घटनाबाट भएको क्षतिको विवरण संकलन तथा मूल्यांकन गर्ने काम गरिएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan