Saturday 14th of November | २०८३ कार्तिक २८ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कृष्ण सागरमा एकअर्कामाथि आक्रमण गरेको रुस र युक्रेनको दाबी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २७ शुक्रबार | (रासस/क्युएनए)

मस्को, २७ कात्तिक  : रुस र युक्रेनले कृष्ण सागर क्षेत्रमा एकअर्कामाथि आक्रमण गरेको दाबी गरेका छन् ।

रुसले युक्रेनका लागि सैन्य सामग्री बोकेको आरोपमा दुई मालवाहक जहाजमाथि आक्रमण गरेको जनाएको छ भने युक्रेनले रुसी आक्रमणबाट नागरिक तथा व्यावसायिक संरचनामा क्षति पुगेको बताएको छ ।

रुसी पक्षका अनुसार कृष्ण सागर र युक्रेनको चोर्नोमोस्र्क बन्दरगाहमा सैन्य सामग्री आपूर्ति गरिरहेका दुई मालवाहक जहाजलाई लक्षित गरी आक्रमण गरिएको हो । मस्कोले उक्त कारबाहीका क्रममा एक हजार २०० युक्रेनी सैनिक मारिएको र सयौँ ड्रोन नष्ट गरिएको दाबीसमेत गरेको छ ।

युक्रेनले भने रुसी विवरणलाई अस्वीकार गर्दै आक्रमण नागरिक तथा व्यावसायिक संरचनामाथि केन्द्रित रहेको जनाएको छ । आक्रमणमा केही मानिस हताहत हुनुका साथै आवासीय भवनहरूमा क्षति पुगेको युक्रेनी पक्षको भनाइ छ ।

युक्रेनी अधिकारीहरूले किएभ र ओडेसामा ऊर्जा पूर्वाधारमाथि प्रहार भएपछि विद्युत् आपूर्ति अवरुद्ध भएको बताएका छन् । युक्रेनको वायु सेनाले भने आफ्नो हवाई प्रतिरक्षा प्रणालीले प्रहार गरिएका अधिकांश ड्रोन र क्षेप्यास्त्र रोकेको दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan