Saturday 14th of November | २०८३ कार्तिक २८ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भारतमा बस र कन्टेनर ट्रक ठोक्किँदा २३ जनाको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २७ शुक्रबार | (रासस/एएफपी)

भारतको पूर्वी राज्य असममा शुक्रबार यात्रुवाहक बस र कन्टेनर ट्रक आपसमा ठोक्किँदा तीन बालबालिकासहित कम्तीमा २३ जनाको मृत्यु भएको छ । 

    प्रहरीका अनुसार दुर्घटना असमस्थित काजिरङ्गा राष्ट्रिय निकुञ्जनजिकैको राजमार्गमा भएको हो । उक्त सडक खण्ड वन्यजन्तुको आवतजावतका लागि छुट्याइएको मार्गमा पर्ने भएकाले यहाँ सवारीसाधनको गति सीमासम्बन्धी कडा नियम लागू गरिएको छ ।

    स्थानीय प्रहरी प्रमुख स्वप्निल डेकाले दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २३ पुगेको बताउनुभयो ।

    असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै आफू मर्माहत भएको बताउनुभएको छ ।

    उहाँले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “यस ठूलो क्षतिले हामी सबैलाई स्तब्ध बनाएको छ । आफ्ना प्रियजन गुमाएका प्रत्येक परिवारप्रति मेरो गहिरो समवेदना छ ।”

    भारतको सडक यातायात तथा राजमार्ग मन्त्रालयका अनुसार सन् २०२५ मा देशभर सडक दुर्घटनामा एक लाख ८३ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो । यो दैनिक औसत पाँच सयभन्दा बढी हो ।

    सरकारी तथ्याङ्कअनुसार कमजोर सडक पूर्वाधार, उचित मर्मतसम्भार नगरिएका सवारीसाधन र चालकको अत्यधिक थकान सडक दुर्घटनाका प्रमुख कारण हुन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan