Wednesday 18th of November | २०८३ मङ्सिर २ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कर तिर्नु असल नागरिकको पहिचान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १ मंगलबार |
newsabhiyan

दाङ, १ मङ्सिरः उद्योग वाणिज्य सङ्घ, दाङका  अध्यक्ष विनील केसीले कर तिर्नु असल नागरिकको पहिचान भएको बताउनुभएको छ । 

उहाँले पन्ध्रौँ राष्ट्रिय कर दिवस–२०८३ का अवसरमा  तुलसीपुरमा आज आयोजित सभामा धारणा राख्दै नागरिकबाट प्राप्त करले नै मुलुकको समृद्धि हुने जानकारी दिनुभयो ।  

आज आन्तरिक राजश्व कार्यालय, तुलसीपुरले १५औँ राष्ट्रिय कर दिवसका अवसरमा सचेतनाका लागि प्रभातफेरि कार्यक्रम गरी सम्पन्न गरेको छ ।

यहाँस्थित त्रिसिदेश्वरी मन्दिरको धर्मशालामा रहेको कार्यालय प्राङ्गणबाट सुरु भएको प्रभातफेरिले तुलसीपुर बजार परिक्रमा गरी कोणसभामा परिणत भएको हो । 

कार्यक्रममा बोल्ने अन्य सहभागीले कर तिर्ने संस्कृतिको विकास र कर प्रणालीलाई पारदर्शी बनाउनुपर्नेमा जोड दिनुभएको थियो । 
    
सो अवसरमा कर अधिकृत उपेन्द पुनले कर प्रशासनले करदाताको हितमा काम गर्ने  बताउनुभयो । उहाँले करबाट नै देश विकास हुने भएकाले सबै उद्योगी, व्यवसायी, व्यापारीलाई राज्यले तोकेको मापदण्डअनुसार समयमै कर भुक्तानी गर्न अनुरोध गर्नुभयो ।  
    
सो अवसरमा उद्योगी, व्यवसायी, सरकारी प्रतिनिधिको सहभागिता थियो । कार्यालयले  मङ्सिर ७ गते विशेष कार्यक्रमको आयोजना गरी उत्कृष्ट करदाता सम्मान गरी कर सप्ताह समापन गर्ने  जनाएको छ । 

लुम्बिनी प्रदेशका दाङ, रुकुम पूर्व, रोल्पा, प्यूठान र कर्णाली प्रदेशका सल्यान र पश्चिम रुकुम कार्यक्षेत्र रहेको यस कार्यालयका करिब एकलाख करदाता हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan