Wednesday 18th of November | २०८३ मङ्सिर २ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चिलहरियाका बाबु–छोरा एकै चितामा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १ मंगलबार |

राँझा (बाँके), १ मङ्सिर : एकै घरका बाबु–छोराको सडक दुर्घटनामा निधन भएपछि बाँकेको राप्ती सोनारी–५ स्थित चिलहरिया गाउँ शोकमग्न भएको छ । 

बर्दियाको गुलरियामा आफन्तलाई भेट्न जाँदै गरेका ३४ वर्षीय हुकुमबहादुर खत्री र उनका बुवा ६६ वर्षीय दलबहादुर खत्री सवार मोटरसाइकल गुलरिया–११ लालपुरमा मिनीफोर्स बससँग ठोक्किँदा उहाँहरुको निधन भएको थियो । बाबु–छोराको एकसाथ निधन भएपछि सिङ्गो चिलहरिया गाउँ शोकमग्न भएको स्थानीय जुद्ध पुनले बताउनुभयो ।

भारतमा रोजगारी गर्दै आउनुभएका उहाँहरु तिहार मनाउन नेपाल फर्कनुभएको थियो । बर्दियाको गुलरियामा छोरी भेट्न जाने क्रममा उक्त घटना भएको थियो । 

गुलरियाबाट नेपालगञ्ज जाँदै गरेको बा ५ ख ५६०५ नं को  मिनि फोर्स गाडी र नेपालगञ्जबाट गुलरियातर्फ गइरहेको भारतीय मोटरसाइकल एकआपसमा ठोकिएको थियो ।

त्यस सडक दुर्घटनामा बाबु–छोराको ज्यान गएपछि आफन्त र छिमेकी गाउँवासीले दोषीलाई कारबाहीको माग गर्दै नेपालगञ्ज–राजापुर सडक अवरुद्ध पारे पनि सवारीधनी सम्पर्कमा नआएपछि जिल्ला प्रहरी कार्यालयमा जोहरी दर्ता गरेर फर्किएको राप्ती सोनारी गाउँपालिका–५ का वडाध्यक्ष झगरु थारुले बताउनुभयो । 

मृत्यु भएको तीन दिन बित्दासम्म निकाश ननिस्केपछि  मुद्दा दर्ता गर्ने सहमतिमा बाबु–छोराको शव आफन्तजनले बुझेका छन् । मृतक बाबु–छोराको आज स्थानीय अगैयाघाटमा दाहसंस्कार गरिएको वडाध्यक्ष थारुले बताउनुभयो । 

स्थानीय अगुवा तारा ओलीले चाडपर्वको बेला परदेशबाट घर फर्किएका बाबु–छोरालाई सडकमै गुमाउनुपर्दा सिङ्गो बिनौनावासी नै स्तब्ध र शोकमग्न रहेको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, “चाडपर्व मनाउन घर फर्किएका बाबु–छोराको अकाल मृत्युले खत्री परिवारको सहारा खोसिएको छ भने असुरक्षित सडक यात्राले फेरि एकपटक ग्रामीण बस्तीमा कहिल्यै निको नहुने घाउ छाडेको छ ।”
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan